Media Gallery

एएनएचएसको देउसी भैलो कार्यक्रम सम्पन्न , जुम कार्यक्रममै १२,५०६ डलर संकलन

अमेरिका नेपाल सहयागी समाज (एएनएचएस) ले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न भएको छ ।

अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक बर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको छ । नेपाली कला, सँस्कृति, रितिरिवाज र चाडपर्वको बारेमा नयाँ पुस्तालाई प्रोत्साहन गर्नको लागि आयोजना गरिने विभिन्न ठूला कार्यक्रमहरुमध्ये यो पनि पर्दछ । कार्यक्रममा अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुका प्रस्तुति लगायत विभिन्न अतिथिहरुका पनि प्रस्तुति रहेका थिए ।

विधिवत लक्ष्मीपूजा गरि शुरु गरिएको कार्यक्रममा आकर्षक साजसज्जा सहित नेपाली परम्परागत शैलीमा विभिन्न परिकारहरुको साथमा पूजा आराधना गरिएको थियो । त्यसको संयोजन संस्थाका पूर्व अध्यक्ष कमला खरेलले गर्नुभएको थियो ।

करिब ५ घण्टा लामो कार्यक्रमलाई शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थी कञ्चन दाहाल र अक्षेत ढुंगानाले कूशलतापूर्वक सञ्चालन गर्नुभएको थियो। अमेरिकामा हुर्किरहेका बालबालिकाहरुले नेपाली भाषामा यति लामो कार्यक्रमलाई पनि सहजताका साथ सञ्चालन गरि सफलतापूर्वक सम्पन्न गरेकोमा सबैको ध्यान आकर्षित गरेको थियो ।

लक्ष्मीपूजा गरिसकेपछि शिक्षा सदनमा अध्ययनरत सानी नानि आरुभी पौडेलले गणेश स्तुती पाठ गर्नुभएको थियो । वहाँको प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्ने क्रममा संस्थाका अध्यक्ष कमल भट्टराईले विदेशमा जन्मेर हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, कला, सँस्कृति, भेषभूषा, रहनशहन र चाडपर्वको बारेमा जानकारी गराई परम्परा पुस्तान्तरण गर्न संस्थाले यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहने र यस्ताखाले कार्यक्रमहरुमा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो साथै सन् २०१६ मा स्थापित एकेडमि हालसम्म आइपुग्दा बिदेशमा जन्मिएका बालबालिकाका लागि मात्रिभाषा बोल्न,पढ्न र लेख्नअत्यन्तै सहज हुने गरि तह तहगत रूपमा बनाइएको आफ्नै पाढ्यपुस्तक अमेरिकाका १३ स्टेट र अस्टेलिया,क्यानडा,बेलायत र जापानमा पठनपाठन भइरहेकोमा गर्ब पनि गर्नुभयो ।

देउसी भैलो कार्यक्रम २०२१ का संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष केदार तिम्सिनाले शुभकामना मन्तव्य दिने क्रममा सबैको सहकार्य तथा सहयोगमा संस्थाले ठूला ठूला कार्यक्रमहरुलाई पनि निकै सफलता र सहजतापूर्वक सम्पन्न गर्ने गरेको बताउदै देउसी भैलो कार्यक्रम सञ्चालनको लागि सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभएको थियो ।

अमेरिका नेपाल सहयोगी समाजका कार्यसमिति सदस्य तथा अमेरिका नेपाल शिक्षा सदनका संयोजक भूपाल पौडेलले देउसी भैलोको महत्व र यसले पार्ने प्रभावको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा शिक्षा सदनमा अध्ययनरत आरोही रेग्मीले पियानो मार्फत (दियो बाली, साँझको…) भन्ने गीतको मिठो धुन प्रस्तुत गर्नुभएको थियो।वहाँ अमेरिकाको न्यूयोर्क शहरमा बस्दै आउनुभएको छ । त्यसै गरि नर्थ क्यारेलिना बस्नुहुने यसै शिक्षा सदनमा अध्ययनरत विद्यार्थी अर्चना धिमालले हार्मोनियममा मंगलधुन प्रस्तुत गर्नुभएको थियो ।

न्यूजिल्याण्डबाट कार्यक्रममा जडिनुभएकी प्रिन्सेस अधिकारीले अतिथि प्रस्तुतकर्ताको रुपमा निकै सशक्त नृत्य प्रस्तुत गर्नुभएको थियो ।शिक्षा सदनमा अध्ययनरत विद्यार्थी आभाष अर्यालले प्रस्तुत गर्नुभएको बलिराजाको कथा र वहाँले प्रस्तुत गर्नुर्भको शैलीपनि कार्यक्रमको अर्को आकर्षण रहेको थियो।त्यसैगरी कार्यक्रममा गौरभ गौतम, आरभ अर्याल, अनुष्का पौडेल, सुजल भट्टराई, आरुषि कँडेल, आरोही कँडेल, एञ्जिला गौतम, सामुएल गौतम, इर्शिता श्रेष्ठ, सिद्धिता आचार्य, रोम ज्ञवाली, सरिता ज्ञवाली तथा समूह, सादिका ढुँगाना, अनुष्का वाग्ले, सारिका वाग्ले, रिम्शा थापा लगायतले आ–आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मुख्य आकर्षकको रुपमा केदार तिम्सिनाको घरमा आयोजना गरिएको देउसीभैलो रहेको थियो।जसमा नेपालमा खेलिने देउसी भैलोको परिवेश र शैली जस्ताको तस्तै प्रस्तुत गरिएको थियो।कार्यक्रममा समाजका पूर्व अध्यक्ष सागर कँडेल, गुणराज लुइटेल, पर्शुराम भण्डारी, तोया पौड्याल,अर्जुन सिग्देल, जय गौतम, मुक्त पौडेल,राम मिश्र लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

अमेरिकी पूर्वीय समय अनुसार अक्टोबर ३०, शनिबार अपरान्ह ४ बजेदेखि भर्चुअल (जुम) मार्फत शुरुभएको कार्यक्रम राती करिब ९ बजेसम्म चलेको थियो । कञ्चन दाहाल र अक्षेत ढुँगानाको सञ्चालन भएको कार्यक्रममा वहाँहरुलाई कामना पन्थी, तनुजा अधिकारी र जानु ओझाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा प्रविधिको संयोजन तिलक खरेल, शिव तिम्सिना र अर्जुन गौतमले गर्नुभएको थियो भने कमल भट्टराई, चन्द्र विष्ट, राम अधिकारी, विजय ओझा, हरिराम भण्डारी, यज्ञ चापागाई लगायतले अर्थ संकलनको संयोजन गर्नुभएको थियो।शिक्षा सदन सञ्चालनको सहयोगार्थ आयोजना गरिएको जुम कार्यक्रममै १२,५०६अमेरिकी डलर संकलन गरिएको थियो।

एएनएचएसको देउसी भैलो कार्यक्रम सम्पन्न , जुम कार्यक्रममै १२,५०६ डलर संकलन – Enepalese.com

विस्णु न्यौपाने, एएनएचएस मिडिया काे–अर्डिनेटर

एएनएचएसको तीज महोत्सव२०२१ सम्पन्न

५, सेप्टेम्बर २०२१ । अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) को बार्षिक तीज महोत्सव २०२१, सेप्टेम्बर ४ शनिबारको दिन सम्पन्न भएको छ।समाजका अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा सम्पन्न तीज महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण यस बर्ष पनि भर्चुअल माध्यम (जुम) बाट आयोजना गरिएको थियो।अमेरिकि पूर्वीय समय अनुसार अपरान्ह ४ः३० बजेबाट शुरु भएको कार्यक्रम राती ९ बजे समापन गरिएको थियो।

कार्यक्रममा सहभागिहरुलाई शुभकामना मन्तव्य दिदै संस्थाका अध्यक्ष कमल भट्टराईले यो वर्ष पनि जुम मार्फत कार्यक्रम गर्नुको कारणबारे प्रकाश पार्नुभएको थियो।वहाँका अनुसार संस्थाले भौतिक उपस्थितिमै कार्यक्रम सम्पन्न गर्नको लागि विभिन्न तयारीहरु गरे पनि कोरोना महामारीबाट आम जनसमुदायलाई सुरक्षित राख्नु संस्थाको दायित्व भएका कारण अन्तिम समयमा आएर भर्चुअल माध्यम रोज्नुपरेको हो।वहाँले सामुहिक उपस्थितिमा गरिने आगामी कार्यक्रमहरु स्वास्थ्य सम्बन्धि न्यूनतम मापदण्डको पालना गरि भौतिक रुपमै गर्ने वातावरण छिट्टै सिर्जना हुने पनि विश्वास व्यक्त गर्नुभयो।

कार्यसमिति सदस्य लक्ष्मी रेग्मीले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको अपेक्षा सहित तीजको शुभकामना समेत दिनुभएको थियो।कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष केदार तिम्सिना,वरिष्ठ उपाध्यक्ष रमेश ढकाल लगायतले शुभकामना दिनुभएको थियो।

अमेरिकाको भर्जिनिया,नर्थ क्यारोलिना,ओहायो लगायत क्यानडा र नेपालबाट गरि करिब ३० वटा तीज सँग सम्बन्धित विभिन्न सन्देशमूलक गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको बीचबीचमा सम्पूर्ण सहभागिहरुलाई सामुहिक रुपमा नृत्य प्रस्तुत गर्नको खुल्ला नृत्यको समेत व्यवस्था गरिएको थियो। जसबाट सम्पूर्ण सहभागिहरुले भरपूर मनोरञ्जन प्राप्त गरेका थिए।

कामना पन्थी, जानु ओझा र तनुजा पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रविधि तर्फ तिलक खरेल, शिव तिम्सिना र अर्जुन गौतमले सहजिकरण गर्नुभएको थियो।

एएनएचएसको तीज महोत्सव २०२१ सम्पन्न – Enepalese.com

अमेरिका नेपाल सहयोगी समाजको तीज कार्यक्रम-२०२१ जुमबाट हुने

वाशिंटन। अमेरिकाको भर्जिनिया राज्यमा क्रियाशील नेपालीहरुको प्रतिष्ठित संस्था अमेरिका नेपाल सहयोगि समाजले बार्षिकरुपमा आयोजना गर्ने वृहद् तीजको कार्यक्रम यस बर्ष पनि भर्चुअल (जुम) मार्फत गर्ने भएको छ।

विश्वव्यापी कोभिड–१९ को कारण गतबर्ष पनि संस्थाले जुममार्फत नै वृहद् तीज कार्यक्रम सम्पन्न गरेको थियो। अमेरिकामा बसोबास गर्ने नेपालीहरुप्रति समर्पित यस संस्थाले त्यसअघि दुई हजार भन्दा बढी समुदायहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम आयोजना गर्दै आएको थियो।
तीजको कार्यक्रमको बारेमा जानकारी दिँदै संस्थाका अध्यक्ष कमल भट्टराईले भने, ‘सयौं नेपाली मनहरु जोडिएर बनेको यो संस्था अमेरिकामा बस्ने सबै नेपालीहरुलाई आईपर्ने हरेक खाले समस्या समाधानको लागि सधै क्रियाशील रहने भएकोले महामारीको रुपमा रहेको कोभिड–१९ को संक्रमणबाट सहभागिहरुलाई सुरक्षित राख्नु संस्थाको दायित्व भएकोले जुममार्फत आयोजना गरेका हौं। भविप्यमा आईपर्नसक्ने स्वास्थ्य सम्बन्धि समस्याको बारेमा सोचेर नैं यो निर्णयमा पुगेका छौं।’

तीज कार्यक्रम सम्पन्न गर्नको लागि संस्थाको हालै सम्पन्न नियमित मासिक बैठकले कामना पन्थी, तनुजा पोख्रेल अधिकारी र जानु ओझा सम्मिलित तयारी समिति समेत निर्माण गरेको छ। साथै जुम प्रविधी लगायतका प्राबिधिक सहयोग सँस्थाका सल्लाहकार शिव तिम्सिना र तिलक खरेले गर्नेछन्।

तयारी समितिले तीजलाई भव्य, सभ्य एवं मर्यादित बनाउनको लागि सबैसँग आग्रह गरेको छ। समितिले नेपाली दिदीबहिनी तीजसम्बन्धि आ–आफ्ना प्रस्तुतिहरुको लागि तयारी गर्न आव्हान समेत गरिसकेको छ। एकल तथा सामुहिक रुपमा तीजसँग सम्बन्धित गीत तथा नृत्यहरु प्रस्तुत गरिने पनि समितिले जनाएको छ।

आगामी सेप्टेम्बर ४, शनिबारका दिन आयोजना गर्ने कार्यक्रम अपरान्ह ४ बजेदेखि साँझ ८ बजेसम्म हुने छ। कार्यक्रममा सहभागिताको लागि जुम लिंक पछि प्रकाशन गरिने पनि जनाइएको छ। तीज कार्यक्रम तयारी समितिले सानो सूचना प्रकाशित गरि कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको लागि आह्वान पनि गरेको छ।

विभिन्न सामाजिक कार्यक्रमका साथै सबैखाले नेपाली चाडपर्वसँग सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको अमेरिका नेपाल सहयोगी समाजले नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण, सम्वद्र्दन र प्रवद्र्दन गर्ने उद्देश्यले अमेरिकामा जन्मिएका नेपाली मूलका बालबालिकाहरुको लागि नेपाली पाठशाला (अमेरिका नेपाल शिक्षा सदन) पनि सञ्चालन गर्दै आएको छ।

त्यसैगरि अमेरिका नेपाल सहयोगी समाजले गर्दै आएको अर्को सामाजिक कार्य सरसरफाईको दोश्रो श्रृंखला यहि अगष्ट २२, २०२१ आइतबार जनैपूर्णिमाको दिन बिहान ८ बजेदेखि १० बजेसम्म गर्ने जनाएको छ। मनासस शहरको बल्सफर्ड रोड स्थित सडली रोडदेखि इसिपिआई कलेज सम्मको परिसरमा दुई बर्षसम्म सरसफाई गर्नको लागि अनुमति प्राप्त गरेको छ।

सरसफाईको लागि अगष्ट २२ जनैपूर्णिमाको दिन बिहान ८ बजे नेपाली सामुदायिक संस्था नाकको कार्यालय परिसरमा उपस्थित हुन पनि सबैलाई संस्थाले अनुरोध गरेको छ।

अमेरिका नेपाल सहयोगी समाजको तीज कार्यक्रम-२०२१ जुमबाट हुने – Dcnepal

अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) को तीज कार्यक्रम-२०२१ भर्चुअल (जुम) माध्यमबाट हुने

इनेप्लिज । अमेरिकाको भर्जिनिया राज्यको मनाससमा स्थापित क्रियाशील नेपालीहरुको प्रतिष्ठित संस्था अमेरिका नेपाल सहयोगि समाज(एएनएचएस )ले बार्षिक रुपमा आयोजना गर्ने बृहत तीजको कार्यक्रम यस बर्ष पनि भर्चुअल (जुम) मार्फत गर्ने भएको छ ।

विश्वव्यापी कोभिड–१९ को कारण गत बर्ष पनि संस्थाले जुम मार्फत नै वृहत् तीज कार्यक्रम सम्पन्न गरेको थियो । अमेरिकामा बसोबास गर्ने नेपालीहरुप्रति समर्पित यस संस्थाले त्यस अघि दुई हजार भन्दा बढी समुदायहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रम आयोजना गर्दै आएको थियो ।

तीजको कार्यक्रमको बारेमा जानकारी दिदै संस्थाका अध्यक्ष कमल भट्टराईले भने : “सयौं नेपाली मनहरु जोडिएर बनेको यो संस्था अमेरिकामा बस्ने सबै नेपालीहरुलाई आईपर्ने हरेक खाले समस्या समाधानको लागि सधै क्रियाशील रहने भएकोले महामारीको रुपमा रहेको कोभिड–१९ को संक्रमणबाट सहभागिहरुलाई सुरक्षित राख्नु संस्थाको दायित्व भएकोले जुम मार्फत आयोजना गरेका हौं । भविष्यमा आई पर्न सक्ने स्वास्थ्य सम्बन्धी समस्याको बारेमा सोचेर नैं यो निर्णयमा पुगेका छौं ।”उनले थपे ।

तीज कार्यक्रम सम्पन्न गर्नको लागि संस्थाको हालै सम्पन्न नियमित मासिक बैठकले कामना पन्थी, तनुजा पोख्रेल अधिकारी र जानु ओझा सम्मिलित तयारी समिति समेत निर्माण गरेको छ ।

साथै जुम प्रविधी लगायतका प्राविधिक सहयोगको लागि संस्थाका सल्लाहकार शिव तिम्सिना र तिलक खरेलले गर्ने भएका छन् । तयारी समितिले तीजलाई भव्य, सभ्य एवं मर्यादित बनाउनको लागि सबैसँग आग्रह गरेको छ ।

समितिले नेपाली दिदीबहिनी तीजसम्बन्धि आ–आफ्ना प्रस्तुतिहरुको लागि तयारी गर्न आव्हान समेत गरिसकेको छ । एकल तथा सामूहिक रुपमा तीजसँग सम्बन्धित गीत तथा नृत्यहरु प्रस्तुत गरिने पनि समितिले जनाएको छ ।

आगामी सेप्टेम्बर ४, शनिबारका दिन आयोजना गर्ने कार्यक्रम अपरान्ह ४ बजेदेखि साँझ ८ बजेसम्म हुनेछ । कार्यक्रममा सहभागिताको लागि जुम लिंक पछि प्रकाशन गरिने पनि जनाइएको छ । तीज कार्यक्रम तयारी समितिले सानो सूचना प्रकाशित गरि कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको लागि आव्हान पनि गरेको छ ।

विभिन्न सामाजिक कार्यक्रमका साथै सबै खाले नेपाली चाडपर्वसँग सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको अमेरिका नेपाल सहयोगी समाजले नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकामा जन्मिएका नेपाली मूलका बालबालिकाहरूको लागि नेपाली पाठशाला (अमेरिका नेपाल शिक्षा सदन) पनि सञ्चालन गर्दै आएको छ ।

त्यसैगरि अमेरिका नेपाल सहयोगी समाजले गर्दै आएको अर्को सामाजिक कार्य सरसरफाईको दोश्रो श्रृंखला यहि अगष्ट २२, २०२१ आइतबार जनैपूर्णिमाको दिन बिहान ८ बजेदेखि १० बजेसम्म गर्ने जनाएको छ ।

मनासस शहरको बल्सफर्ड रोड स्थित सडली रोडदेखि इसिपिआई कलेज सम्मको परिसरमा दुई बर्षसम्म सरसफाई गर्नको लागि अनुमति प्राप्त गरेको छ । सरसफाईको लागि अगष्ट २२ जनैपूर्णिमाको दिन बिहान ८ बजे नेपाली सामुदायिक संस्था नाकको कार्यालय परिसरमा उपस्थित हुन पनि सबैलाई संस्थाले अनुरोध गरेको छ ।

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस )को तीज कार्यक्रम-२०२१ भर्चुअल (जुम) माध्यमबाट हुने – Enepalese.com

भर्जिनियाको एएनएचएसले गर्यो सरसफाई कार्यक्रम

इनेप्लिज । भर्जिनियाको स्थापित गैर मुनाफा सँस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले मनासस शहरमा सरसफाई गरेको छ। मनासस शहरको बल्सफर्ड रोड (सड्ली सडक देखि इसिपिआई कलेज) सम्मको परिसरमा सरसफाई गरेको हो ।

सरसफाई अभियानको पहिलो कार्यक्रम अन्तर्गत गत जुन २६ शनिबार विहान ८ बजेदेखि १० बजे सम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाजले प्रिन्स विलियम काउन्टीसँगको सहकार्यमा सरसफाईको जिम्मेवारी प्राप्त गरेको हो ।

समाजप्रतिको उत्तरदायित्व तथा यस्ता अभियानले स्वच्छ वातावरण तथा पर्यावरणको बारेमा सचेतना जगाउने हुनाले संस्थाले अभियान सञ्चालनमा चाख राखेको हो।

काउन्टिसंग भएको करार अनुसार अनुसार समाजले कम्तिमा दुई बर्षसम्म सो परिसरमा सरसफाई अभियान सञ्चालन गर्न पाउने छ । दुई बर्षको अवधिमा विभिन्न चरणमा सरसफाई अभियानलाई अगाडी बढाउने र प्रत्येक चरणमा सम्पूर्ण आजीवन सदस्य,सक्रिय सदस्य तथा संस्थासँग सम्बन्धित सबैले सकृयतापूर्वक सहभागिता जनाउनको लागि पनि समाजका अध्यक्ष कमल भट्टराईले अनुरोध गर्दै समाजले विशेष गरि युवा पुस्ताको लागि यस्ता सामाजिक कार्यक्रममा अझ वढि सक्रिय सहभागिताको लागि भविष्यमा उनीहरूलाई आकर्षित गर्न स्वयम् सेवक अवसर (भोलन्टियर आवर ) दिइने योजना रहेको बताए ।

संस्थाका अध्यक्ष भट्टराईको अगुवाइमा भएको सरसफाइ कार्यक्रममा समाजका संरक्षक मधु पन्थी, समाजका निवर्तमान अध्यक्ष केदार प्रसाद तिम्सिना, पूर्व अध्यक्षद्वय पदमराज रेग्मी, कमला खरेल एवं समाजका पदाधिकारी, कार्यसमिति आजीवन सदस्य, सक्रिय सदस्य लगायत ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

परिसरबाट संकलित फोहरलाई समाजले आफ्नै पहलमा व्यवस्थापन समेत गरेको थियो । समाजले सञ्चालन गर्ने अर्को चरणको सरसफाइ कार्यक्रमको मिति पछि तय गरिने पनि सो कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रमको इ–नेप्लीज डट कमले सामाजिक संजाल फेसबुक पेज ( मुहार पुस्तिका)मार्फत प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

भर्जिनियाको एएनएचएसले गर्यो सरसफाई कार्यक्रम – Enepalese.com

अमेरिका नेपाल सहयोगी समाजमा नयाँ कार्य समिति

भर्जिनिया । स्थानीय अमेरिकी नेपाली सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज ‘एएनएचएस’ को साधारण सभा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा (पीएचडी)को प्रमुख आतिथ्यमा सम्पन्न भयो । यही अप्रिल २५ आइतवार अपरान्ह  जुममार्फत आयोजित कार्यक्रमले कमल भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

कोभिड–१९ द्वारा सिर्जित बाध्यात्मक अवस्थाले गर्दा ठूलो जन–उपस्थितिबीच खुल्ला सभा हलमा कार्यक्रम आयोजना हुन नपाए पनि जुम प्रविधिबाट उल्लेखनीय सहभागिताबीच सञ्चालन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजूदत खतिवडाले अमेरिका नेपाल सहयोगी समाजले आफ्नो स्थापनाका बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा अर्थात् भर्खर किशोर उमेरमा प्रवेश गरेको भए पनि आफ्ना विभिन्न कार्यक्रममार्फत भने संस्था परिपक्व देखिएको बताउनुभयो ।

दूतावासका गतिविधिलाई अधिकतम जनउपयोगी तुल्याउनका लागि दूतावासका जम्मा पन्ध्रजना कर्मचारीमध्ये दुईजनालाई टेलिफोन रिसिभिङ सेवामा खटाएको उल्लेख गर्दै राजदूत खतिवडाले दूतावासका धेरैजसो कार्यक्रम एवम् सूचनाहरू वेबसाइटमा नियमित राखिने गरिएको हुँदा सर्वप्रथम त्यसलाई नै प्रयोग गर्नुपर्ने र त्यसमा नभेटिएका सूचना वा जानकारीका लागि टेलिफोनमा सम्पर्क गर्दा बेहतर हुने विचार व्यक्त गर्नुभयो ।

त्यसै अवसरमा प्रमुख अतिथि राजदू खतिवडाले अमेरिका नेपाल सहयोगी समाजद्वारा पहिलोपटक प्रकाशित ‘अमेरिका नेपाल सहयोगी समाज स्मारिका २०२१’ र एएनएचएस एकेडेमीका लागि प्रकाशित  ’मेरो मातृभाषा नेपाली उच्च–मध्यम तह’ पुस्तकको विमोचन कार्यक्रमका अध्यक्ष, समाजका संरक्षक, पूर्व–अध्यक्षहरू, सम्पादकद्वय, प्रकाशन समिति सदस्यहरू र सल्लाहकारहरूसमेतसँग संयुक्त रूपमा गर्नुभयो ।

निवर्तमान अध्यक्ष केदारप्रसाद तिम्सिनाको अध्यक्षतामा उपाध्यक्ष रमेश ढकालले स्वागत भाषण गर्नुभएको कार्यक्रममा समाजका संरक्षक मधुसूदन पन्थी, संस्थाका संस्थापक–अध्यक्ष सागर कँडेल, पूर्व–अध्यक्ष पदमराज रेग्मी, नेपाल अमेरिका सामुदायिक केन्द्रका प्रमुख सम्पर्क व्यक्ति (पिओसी) डा. मदन उप्रेती लगायत विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैगरी सल्लाहकारहरू गोपाल रेग्मी, पुरुषोत्तम सुवेदी र प्रेम पौडेल, आजीवन सदस्यका तर्फबाट मञ्जु सङ्ग्रौला र मुक्तिनाथ पन्तले शुभकामना व्यक्त गर्नुभएको थियो ।

‘अमेरिका नेपाल सहयोगी समाज स्मारिका २०२१’ का सम्बन्धमा सम्पादक मञ्जु थापा र ‘मेरो मातृभाषा नेपाली उच्च–मध्यम तह’ पुस्तकका सम्बन्धमा लेखकरसम्पादक शिव लामिछानेले प्रकाश पार्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष कमल भट्टराई र महासचिव चन्द्र विष्टको सम्बोधनले सहभागीहरूलाई भावुक तुल्याएको थियो ।

निवर्तमान महासचिव हरिराम भण्डारी र सचिव आरती सिग्देलद्वारा सहजीकरण तथा शिव तिम्सिनाद्वारा प्राविधिक संयोजन गरिएको कार्यक्रमको शुरुआत क्रमशः नेपाल र अमेरिकाका राष्ट्रिय गानहरू बजाएर भएको थियो भने कार्यक्रमको बीच–बीचमा दीप्ति अधिकारी, महिमा शर्मा, ईर्षिता श्रेष्ठ, तथा सीता खरेल र सगुन लुइँटेल जोडीले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । विद्यार्थी रोजी गौतमले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रम अपरान्ह तीन बजे आरम्भ भई राती नौ बजे सम्पन्न भएको थियो । सभाको दोस्रो चरण बन्द–सत्रमा समाजका सम्पन्न कार्यक्रमहरूको प्रगति प्रतिवेदन महासचिव हरिराम भण्डारीले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामभक्त अधिकारीले, आगामी वर्षको प्रस्तावित कार्ययोजना वरिष्ठ उपाध्यक्ष जानु ओझाले, विधान संशोधनसम्बन्धी प्रस्ताव संशोधन समितिका पुरु सुवेदीले प्रस्तुत गर्नुभएको थियो । पदमराज रेग्मीको संयोजनमा बिमला निरौला, रोम ज्ञवाली र शिव तिम्सिना रहेको निर्वाचन समितिले घोषणा गरेको निर्विरोध निर्वाचित नयाँ कार्य समितिमा अध्यक्ष कमल भट्टराई, वरिष्ठ उपाध्यक्ष रमेश ढकाल, उपाध्यक्ष कामना पन्थी अधिकारी, महासचिव चन्द्र विष्ट, सचिव तनुजा पोखरेल, कोषाध्यक्ष रामभक्त अधिकारी र सदस्यहरूमा क्रमशः लक्ष्मी रेग्मी, मीनदत्त ढुंगाना, विष्णु न्यौपाने, भूपाल पौडेल, सन्तोष प्रसाईं, उत्तम अधिकारी, कमल अधिकारी र प्रेम नुवाकोटी हुनुहुन्छ । अमेरिका नेपाल सहयोगी समाजमा नयाँ कार्य समिति – नेपालीपोष्ट (nepalipost.com)

विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने किताबहरू अमेरिकामा सार्वजनिक

भर्जिनिया । अमेरिकामा रहेका नेपाली बालबालिकालाई मातृभाषा नेपाली सिकाउनका लागि शिव लामिछानेद्वारा लेखिएका ‘मेरो मातृभाषा नेपाली’ का तीन तहका किताबहरू फेब्रुअरी ९ मा संयुक्त राज्य अमेरिकामा सार्वजनिक गरियो । अमेरिका नेपाल सहयोगी समाजले सन् २०१६ देखि सञ्चालन गरेको अमेरिका नेपाल शिक्षा सदनको चौथो वार्षिकोत्सवका अवसरमा ती किताबहरू सार्वजनिक गरिएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिका अध्यक्ष प्रा डा गोपी उप्रेती र शिक्षा सदनका चार जना बालिकाहरू आर्यतारा क्षेत्री, रीतिस्मा ढकाल, अभिलेखा भण्डारी र सुनिता अधिकारीले संयुक्त रूपमा ती किताबहरू सार्वजनिक प्रदर्शन गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा शिक्षा सदनका बालबालिकाले नेपाली गीतहरूमा नृत्य प्रस्तुत गरे । बालबालिकालाई वर्षभरिको उनीहरूको भाषा सिकाइका साथै विविध क्षेत्रमा उनीहरूले प्रस्तुत गरेको प्रतिभा र क्षमताका आधारमा पुरस्कार, छात्रवृत्ति र प्रमाणपत्रहरू प्रदान गरियो ।

अमेरिका नेपाल सहयोगी समाज प्रकाशक गरेको ‘मेरो मातृभाषा नेपाली’ किताबका आधारभूत, मध्यम र उच्च गरी तीन तहका किताबहरू तथा आधारभूत तहको किताबको थप अभ्यासका लागि अभ्यास पुस्तिकासमेत चार किताबहरू प्रकाशनमा रहेका छन् । प्रवासका विभिन्न देशमा रहेका नेपाली समुदायबाट नेपाली भाषा, कला, संस्कृति र संस्कारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नेपाली भाषा पाठशालाहरू भइरहेका भए पनि प्रवासमा नेपाली भाषा सिकाउन सहज हुने गरी हालसम्म पुस्तक तयार नभएको अवस्थामा समाजले प्रकाशन गरेका यी किताबहरूले नेपाली भाषाका सजिलो पाठ्यपुस्तकको अभावलाई यस पुस्तकले पूरा गर्ने अपेक्षा अमेरिका नेपाल सहयोगी समाजले गरेको छ ।

पाठ्यपुस्तकको प्रकाशनबाट प्रवासमा नेपाली भाषा पढाउन र बुझाउन विगतमा भइरहेको कठिनाइलाई यस पुस्तकले व्यावहारिक तहबाटै समाधान गर्ने विचार आज आयोजित एक समारोहमा बोल्दै समाजका अध्यक्ष केदारप्रसाद तिम्सिनाले व्यक्त गरे । सन् २०१८ को अक्टोबरमा पाठ्यक्रम र पाठ्यपुस्तकका लागि समाजले एक समिति गठन गरेको बताउँदै उनले सो समितिको सक्रियताबाट करिब सोह्र महिनामा विभिन्न तहका लागि तीन पुस्तक र आधारभूत तहको अभ्यास पुस्तिका समेत चार पुस्तकहरू तयार गर्न समिति सफल भएको कुरा अध्यक्ष तिम्सिनाले बताए ।

पाठ्यपुस्तक तयारीका लागि शिक्षा सदनका संयोजक रोम ज्ञवालीको संयोजकत्वमा शिव लामिछाने, रमेश ढकाल र विष्णु न्यौपाने सदस्य रहेको एक समिति गरेको थियो । हाल तयार भएका तीन तहका किताबहरू चार वर्षदेखि चौध वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीहरुलाई नेपाली भाषा, नेपाली संस्कृति, रहनसहन, चाडपर्व, प्राकृतिक विविधता, सांस्कृतिक विविधता सिकाउनमा लक्षित ।

नेपालमा अढाई दशक भाषा शिक्षण गर्नुका साथै आफैँ करिब एक दर्जन विभिन्न विधाका पुस्तक लेखिसकेका शिव लामिछानेले आधारभूत तह र मध्यम तहका किताबहरू तयार गरेका हुन् । उनलाई यस कार्यका लागि शिक्षा सदनका संयोजक रोम ज्ञवाली, समाजका उपाध्यक्ष रमेश ढकाल र शिक्षा सदनका स्वयंसेवी शिक्षक विष्णु न्यौपानेले विभिन्न तहमा सहयोग गरेका थिए । उच्च तहको पुस्तकमा लेखक लामिछानेले अरू विद्धान विदुषीहरुका व्यावहारिक र उपयोगी रचनाहरूलाई पनि स्थान दिई नयाँ पुस्तालाई आफ्नै माझमा उभिएका आफ्नै समयका महान् व्यक्तित्वहरू चिन्ने अवसर दिएको बताए । सार्वजनिक करण समारोहमा बोल्दै लामिछानेले मेरो मातृभाषा नेपाली किताबको तयारीका क्रममा भएका विभिन्न प्रक्रीयाहरुबारे संक्षिप्त मन्तव्य दिए । भाषाका रूपमा नेपाली भन्दा एकै भए वा सुनिए पनि नेपालका बालबालिका र नेपालबाहिर जन्मेका बालबालिकालाई नेपाली भाषा बोल्न र लेख्न सिकाउन फरक तरिका र विधिहरू अवलम्बन गर्नुपर्ने तथ्य पनि उनले सुनाए ।

लेखकले अमेरिका नेपाल शिक्षा सदनको स्वयंसेवी शिक्षकका शिक्षा सदनमा आफूले प्रवेश पाएको पहिलो दिनको संस्मरण गर्दै कुराकानीका व्रmममा किताब लेख्ने जिम्मेवारी नै समाजले दिएकामा समाजप्रति आफू आभारी भएको बताए । संयोजक रोम ज्ञवाली, पुस्तकका परिकल्पनाकार रमेश ढकाल तथा अर्का लेखन सहयोगी विष्णु न्यौपानेबाट निरन्तर सहयोग पाएको, विषय वस्तु माथि विभिन्न तहमा शिक्षा सदन भित्रका कक्षाकोठामा, शिक्षकहरूका बिचमा र उत्तरी भर्जिनियाका अरू पाठशालाहरूमा पनि शिक्षकहरूसित भेट गरी छलफल गर्ने गरेको उनले सुनाए । उच्च तहको पुस्तकमा नेपाल, नेपाली संस्कृति, नेपालका पर्यटकीय स्थल, सम्पदाहरू, नेपाली चाडपर्व, रीतिस्थिति, रहनसहन, जातीय विविधता आदि वारे ज्यादै गहन, सूचनामूलक, व्यावहारिक र सरल प्रस्तुतिका पाठहरू उपलब्ध गरी पुस्तकलाई बढी महत्त्वपूर्ण र व्यावहारिक बनाउन सहयोग गरेकामा सबै लेखकहरूप्रति उनले आभार व्यक्त गरे । पाठ्यपुस्तकको तयारीका क्रममा कक्षा कोठाभित्र पुस्तक भित्रका पाठहरूको व्यावहारिक प्रयोग गरी उपयुक्त सुझाव दिएर यसलाई अझै सरल र प्रकाशन योग्य बनाउन सहयोग पुर्याएकामा सेन्टर विलमा सञ्चालित नेपाली पाठशाला, लोर्टनमा सञ्चालित नवदुर्गा नेपाली स्कुल, हर्नडन नेपाली आदर्श समाजद्वारा सञ्चालित नेपाली पाठशाला तथा उड ब्रिज नेपलिज सोसाइटीद्वारा सञ्चालित नेपाली पाठशालाका शिक्षक तथा अभिभावकहरूप्रति पनि लामिछानेले आभार व्यक्त गरे ।

अमेरिका नेपाल सहयोगी समाजका उपाध्यक्ष रमेश ढकालले आफू दुई बालबालिका लिएर नेपाली स्कुल आउँदा यहाँका बालबालिकालाई व्यावहारिक हुने पाठ्यक्रम आवश्यक भएको आफूले महसुस गरेका र एक व्यावहारिक पाठ्यपुस्तकको परिकल्पना गरेको बताए । ढकालले सो आवश्यकताको परिपूर्तिका लागि उपयुक्त समय २०१८ को अत्यतिरमात्र आएको बताए । लेखकको अनुभव र अरूलाई सुन्न सक्ने क्षमता कारण पुस्तकलाई बढी व्यवहारिक बनाउन सकिएको अनुभव उनले सुनाए । लेखिएका हरेक पाठहरू शिक्षा सदनका विभिन्न तहका बालबालिकासित शिक्षा सदनको कक्षा कोठामा प्रयोग गरेपछिमात्र त्यसको व्यावहारिकता र प्रयोगात्मक उपयोगिता जाँच्ने काम भएको छ ढकालले बताए । यी पाठहरू शिक्षा सदनका शिक्षक शिक्षिका तथा उत्तरी भर्जिनियाका अरू चार नेपाली पाठशालाका बालबालिकासित कक्षा कोठामा बिताएका शिक्षक शिक्षिकासित विभिन्न चरणमा बन्दै गरेका पाठ्यपुस्तक र पाठ्यक्रम माथि छलफल भएको ढकालले बताए ।

हाल तयार भएका आधारभूत तह र मध्यम तहका ‘मेरो मातृभाषा नेपाली’ किताबहरूमा मा एक वर्षमा हप्ताको दुई घण्टाका दरले कक्षा कोठामा भाषा शिक्षण गर्दा चालीसवटा कक्षाका लागि आवश्यक पर्ने सामग्रीहरू राखिएका छन् । उच्च तहको ‘मेरो मातृभाषा नेपाली’ किताबलाई कक्षाकोठाको सिकाइको समय सीमाबाट बाहिर राखी वृहत् अध्ययन गर्न र किशोर किशोरीका तहमा अनुसन्धान गर्न उपयुक्त विषयवस्तु समेटिएका छन् ।

आधारभूत तहको मेरो मातृभाषा नेपाली विन्दु बनाउन सिकाएर सुरु हुने र उच्च तहको किताबमा बुद्धका महान् उपदेश र अहिंसाका विचारहरूको अध्ययन गराउने गरी विन्दुदेखि बुद्ध पढाउने परिकल्पना पुस्तकबाट पूरा हुने अपेक्षा गरिएको कुरा संयोजक रोम ज्ञवालीले बताए । यति छिटो चार वटा किताब तयार गर्न सफल भएकामा आफूलाई गर्व लागेको बताउँदै संयोजक ज्ञवालीले यसमा अहोरात्र खटिने लेखक लामिछानेलाई विशेष धन्यवाद दिए । विद्यालयका स्वयंसेवी शिक्षक रहेका विष्णु न्यौपाने शिक्षक र सङ्गीतकार पनि भएकाले किताबमा रहेका कविता र गीतहरूलाई छिटै सङ्गीत गरी सार्वजनिक गरिने योजना रहेको बताए ।

सार्वजनिक भएका किताबमा सुरुकै दिनमा कक्षामा साना बालबालिकालाई नमस्ते भन्न, आफ्नो नाम बताउन तथा परिवारका अरू सदस्यको नेपालीमा नाम बताउन बोलीको अभ्यास गराइने पाठहरू राखिएका छन् । यसमा व्यञ्जन र स्वर वर्णका अक्षर उच्चारण र लेखनको ज्ञान तथा सीपका कक्षाहरू छन् । मात्रा नलागेका र लागेका शब्दको उच्चारण र लेखन अभ्यास राखिएका छन् । आधा अक्षरको लेखन, उच्चारण र तिनको शब्दमा प्रयोगको तरिका सिकाइएको छ । आधारभूत तहको नेपालीमा बालबालिकाले दसैँ, तिहार, घरका विभिन्न भागका नाम, शरीरका अङ्गहरूको नाम, सात बार, बाह्र महिना, एक देखि बिस सम्मको अङ्क र अक्षरमा लेखन, नेपाली नोटहहरुको ज्ञान दिइएको छ । पाठहरू कवितात्मक तथा साथमा भिडियो लिङ्कहरू राखिएका छन् । कूल चालिस कक्षामा पूरा गर्ने परिकल्पनाका साथ तयार भएको आधारभूत तहको पुस्तक १०० पृष्ठको छ । यसमा केही अतिरिक्त पाठहरू र अभ्यासहरू राखिएका छन् । यसको अभ्यास पुस्तिकामा मूल किताबका अभ्यासलाई बढी सरल र धेरै बनाएर बढी अभ्यास गर्न सहयोग हुने गरी तयार गरिएको छ ।

मध्यम तहको किताबमा आधा अक्षर, शब्दहरू, वाक्यहरू, अनुच्छेद लेखनका पाठहरू राखिएका छन् । साथै बोधगत रूपमा उत्तर दिन सकिने, बहुउत्तरात्मक प्रश्नहरू तथा एकाएक वाक्यमा उत्तर दिन सकिने प्रश्नहरू राखिएका छन् ।

उच्च तहको किताबलाई अलिक फराकिलो र वर्णनात्मक बनाइएको छ । यस तहमा नेपाली प्रकृति, इतिहास, भाषा, संस्कृति, धर्म, पर्यटकीय स्थलहरू, चाडपर्वहरूलाई कविता, कथा, गीत, निबन्ध, संवाद, नाटक आदिका माध्यमबाट प्रस्तुत गरिएको छ । यस तहको किताबमा शब्दको अर्थ नेपाली र अङ्ग्रेजीमा दिइएको छ । यसबाट अमेरिकाका स्कुलका कक्षा ६ देखि ९ सम्म अध्ययन गरिरहेका बालबालिकाले अङ्ग्रेजीमा अर्थ जानिसकेका नेपाली शब्दको अर्थ नेपालीमा जान्न सहयोग पुग्ने पाठ्यक्रमले अपेक्षा गरेको लेखकले बताए ।

मध्यम तहको किताब १०० पृष्ठको र उच्च तहको किताब १६४ पृष्ठको रहेका छन् । चारै वटा किताबहरू लेटर साइजको कागजमा चार रङ्गमा प्रकाशित छन् । प्रकाशक संस्था अमेरिका नेपाल सहयोगी समाजले यी किताबहरू हाललाई उत्तरी भर्जिनियाका पाँच नेपाली पाठशालाहरू, मेरिल्यान्डका दुई पाठशालाहरू, कोलोराडो, टेक्सस, फ्लोरिडा, केन्टकी र क्यालिफोर्नियाका पाठशालामा पुर्याउने लक्ष राखेको छ । साथै अमेरिकाबाहिर बेलायत र अस्ट्रेलियाबाट पनि किताबको माग भएको कुरा यस किताबका परिकल्पनाकार समेत रहेका समाजका उपाध्यक्ष रमेश ढकालले बताए ।

किताबहरूको प्रकाशनका लागि राम लामा अविनाशी तथा प्रा. डा. गोपी उप्रेतीले सहयोग गर्नुभएकोमा वहाँहरूप्रति प्रकाशक संस्थाका तर्फबाट किताबका परिकल्पनाकार रमेश ढकालले आभार व्यक्त गरे ।

उच्च तहको किताबमा प्रा. डा. गोपी उप्रेती, गोविन्द गिरी प्रेरणा, शिव लामिछाने, राम लामा अविनाशी, विष्णु खरेल, सुदीपभद्र खनाल, दुर्गा रिजाल, विमला निरौला, जगन्नाथ पौडेल, रोम ज्ञवाली, चन्द्रिका खतिवडा, सुनिता सुवेदी, ददि ढुङ्गाना लगायतका विद्वान विदुषीहरूका नेपालका विविधता, स्वास्थ्य, अध्यात्म आदि विषयमा विविध विधामा पाठहरू राखिएका छन् । www.brtnepal.com/2020/02/10/105005.html

अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) को अध्यक्षमा तिम्सिना

मनासस, भर्जिनिया अमेरिकी राजधानी वासिङ्गटन डिसीसित जोडिएर रहेको भर्जिनिया राज्यमा सक्रिय सामुदायिक नेपाली संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) को नयाँ कार्यसमिति केदारप्रसाद तिम्सिनाको अध्यक्षतामा शनिबार निर्विरोध निर्वाचित भएको छ ।

निर्वाचित हुने अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष जानुकी ओझा, उपाध्यक्ष रमेश ढकाल, महासचिव हरिराम भण्डारी, कोषाध्यक्ष रामभक्त अधिकारी र सचिव आरती सिग्देल छन् ।

यसै गरी कार्यकारी समिति सदस्यहरुमा क्रमशः मन्जु थापा, लक्ष्मी रेग्मी, मौसम श्रेष्ठ, यज्ञ चापागाई, क्षितिज न्यौपाने, बिष्णु केसी, संगीता लामा र कामना अधिकारी पन्थी निर्वाचित भएका छन् । सदस्य मन्जु थापाले मिडिया कोअर्डिनेटरको रूपमा समेत काम गर्ने दायित्व छ ।

तीन सदस्यीय निर्वाचन समितिमा एएनएचएसका संस्थापक अध्यक्ष सागर कँडेल, कमल भट्टराई र उत्तम गौतम थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन आयुक्त कमल भट्टराईले सपथ ग्रहण गराएका थिए ।

मनासस सहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष तिम्सिनाले आफ्नो पूर्ववर्ती समितिले गर्दै आएका र अन्य नयाँ  कामलाई निरन्तरता दिने बताए । उन्ले समाजले के चाहन्छ भन्ने सन्दर्भमा समाजको सरसल्लाह र सुझाव लिएर अगाडि बढ़ने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा आफ्नो विदाई वक्तव्य दिँर्द निवर्तमान अध्यक्ष कमला खरेलले सबै एएनएचएस सदस्य एक परिवार जस्तै भएकाले सबैको सरसहयोगबाटै संस्था अगाडि बढ्न सक्ने तथ्य उल्लेख गरिन् । उनले आफूले पदमा नरहे पनि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग यथावत् रहने पनि बताइन् ।

निवर्तमान महासचिव विवश अर्याल तथा कोषाध्यक्षले आफ्नो बार्षिक प्रतिवेदन प्रस्तुत गरेको साधारण सभामा दोस्रो एएनएचएस को विधान संशोधित भई पारित गरिएको थियो ।

सन् २००८ मा स्थापना भएदेखि नै पूर्ण क्रियाशील रहँदै आएको एएनएचएसमा हालसम्म भएका सबै नेतृत्व सर्वसम्मत रूपमा  निर्बिरोध चयन हुँदै आएका छन् ।

कार्यक्रममा  नृत्यसमेत प्रस्तुत गरिएको थियो । www.nepaliasmita.com/एएनएचएसमा-केदार-तिम्सिना/

नव निर्वाचित समितिमा पुरुष भन्दा महिलाको सहभागिता ज्यादा

वाशिंगटन डिसी डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्ष पदमा केदार प्रसाद तिम्सिना निर्वाचित भएका छन । नव निर्वाचित समितिमा पुरुष भन्दा महिलाको सहभागिता ज्यादा रहेको छ ।

बार्षिक साधारण सभामा नव निर्वाचित कार्यकारी समितिले सपथ ग्रहण गर्नुको साथै पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ । एएनएचएस स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका नव निर्वाचित अध्यक्ष तिम्सिनाले सबैलाई धन्यवाद दिएका छन् ।

तिम्सिनाले पहिलो समितिले गर्न नसकेका कामलाई निरन्तरता दिने बताए । उन्ले समाजले के चाहान्छ ? समाजका सरसल्लाह र सुझाव लिएर अगाडी बढ़ने बताए ।स्थापना काल देखि नै निकै क्रियाशील रहेको संस्थामा अहिले सम्म निर्वाचित भएका सबै कार्यकालका नेतृत्व तथा पदाधिकारीहरु सर्वसम्मतिबाट नै सबै पद निर्बिरोध चयन गर्दै आई उदाहरण बनेको छ ।

भर्खरै निवर्तमान अध्यक्ष बनेकी कमला खरेलले हामी परिवार भएकोले यस संस्थालाई सदैव आफ्नो साथ र सहयोग रहने बताईन । आगामी मे १८ र १९ तारिखका दिन गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको व्यापक प्रतिस्प्रद्धा भैरहेको अवस्थामा निर्विरोध हुनुले समुदायमा राम्रो सन्देश दिन सफल भएको छ ।

निर्वाचन समितिमा एएनएचएसका संस्थापक अध्यक्ष सागर कँडेल, कमल भट्टराई र उत्तम गौतम रहेका थिए । निर्वाचन आयुक्त रहेका कमल भट्टराईले सपथ ग्रहण गराएका थिए ।उक्त साधारण सभामा महा सचिव तथा कोषाध्यक्ष को प्रतिबेदन समेत प्रस्तुत गरिएको छ । निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्षमा केदार प्रसाद तिम्सिना वरिष्ठ उपाध्यक्षमा जानुकी ओझा, उपाध्यक्षमा रमेश ढकाल, महासचिवमा हरि राम भण्डारी, कोषाध्यक्षमा राम भक्त अधिकारी, सचिवमा आरती सिग्देल निर्वाचित भएका छन् ।

यसै गरि कार्यकारी समिति सदस्यहरुमा क्रमस मन्जु थापा, लक्ष्मी रेग्मी, मौसम श्रेष्ठ, यज्ञ चापागाईं, क्षितिज न्यौपाने, बिष्णु केसी, संगीता लामा तथा कामना अधिकारी पन्थी निर्वाचित भएका छन् । साधारण सभामा दोश्रा पुस्ताका किशोरीहरुले नृत्य प्रस्तुत समेत गरेका थिए । यसको साथै एएनएचएसको विधान समेत संशोधित भई पारित भएको छ । https://archive.nepaljapan.com/अमेरिका–नेपाल–सहयोगी–समा–३/

अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा कमला खरेल निर्वाचित

वाशिंगटन डिसीडिसी महानगर क्षेत्रको भर्जिनिया को मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाज को अध्यक्ष पदमा कमला खरेल निर्वाचित भएकी छिन् l अप्रिल ३० तारिख बसेको साधारण सभाले नया कार्यकारी समितिको चयन समेत गरेको छ l

डीसी क्षेत्र को अत्यधिक क्रियाशील तथा अमेरिकामा नै सक्रिय संस्था मध्ये मै अग्र पंक्तिमा स्थापित गरेको अमेरिका नेपाल सहयोगी समाजमा खरेल तथा अन्य पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् l स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएकी कमला खरेल विभिन्न पदमा स्थापना काल देखि नै सक्रिय रहेकी छिन् भने उनले यस संस्थाले आयोजना गर्ने तीज कार्यक्रमलाई सफल बनाउन उनको ठुलो हात रहेको छ l

आज सपथ लिदै म एक्लै ले मात्र केहि गर्न सक्दिन सवै को सामूहिक प्रयास चाहिन्छ भन्दै संस्थाको सदस्यता बढाउने र संस्था द्वारा संचालित नेपाली पाठशालालाई कसरि राम्रो गर्न सकिन्छ त्यसमा काम गर्ने बताइन् l निर्वाचन आयुक्त संस्थाका संस्थापक अध्यक्ष सागर कंडेलले सपथ ग्रहण गराउनु को साथै निर्वाचन समितिका सदस्यहरुको परिचय गराएका थिए l कंडेलले कमला खरेल मा सम्भावना आफुले देखेको भन्दै राम्रो काम गर्ने कुरामा बिश्वस्त रहेको बताए l निर्वाचित पदाधिकारीहरुले आफ्नो परिचय दिदै मन्तब्य राखेका थिए l

कार्यक्रममा डीसी क्षेत्रका प्रख्यात कविहरुले कविता वाचन समेत गरेका थिए भने साधारण सभामा महा सचिव तथा कोषाध्यक्ष को प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो l भर्खर निवर्तमान अध्यक्ष भएका पदम रेग्मीले अध्यक्ष लगायत नव निर्वाचित समितिलाई बधाई दिएका थिए l रेग्मीले अगाडी मन्तब्य राख्दै आफ्नो सामुदायिक भवन बनाउने सपना भएकोले कमला खरेलको नेतृत्वले यस्मा पहल गर्ने छ भने र आफु पछाडी रहने बताए l नया कार्यकारी समितिले सल्लाहकार लगायत अन्य पदमा मनोनित समेत गरेको छ l

साधारण सभामा राष्ट्रिय गीत ,दोश्रा पुस्ताका बालबालिकाले नृत्य प्रस्तुत गर्नुको साथै नाचगान कार्यक्रम समेतको आयोजना गरेको थियो l निर्वाचित हुने पदाधिकारिहरुमा कमला खरेल अध्यक्ष , मुक्ता पौडेल उपाधक्ष्य ,बिवस अर्याल सचिव, आरती सिग्देल सहायक सचिव तथा लक्ष्मण सापकोटा कोषाध्यक्षमा निर्वाचित भएका छन् यसै गरि कार्यकारी समितिमा रोम ज्ञवाली, बिष्णु शर्मा, उमेश अधिकारी, किशोर ढुंगाना, शान्त न्यौपाने तथा मौशम श्रेष्ठ रहेका छन् l https://archive.nepaljapan.com/अमेरिका–नेपाल–सहयोगी–समा–२/

अमेरिका नेपाल सहयोगी समाजमा नयाँ नेतृत्व

भर्जिनिया । अमेरिकाको मनासस क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको स्थानीय सामुदायिक संस्था अमेरिका नेपाल सहयोगी समाजको नयाँ नेतृत्व चयन भएको छ ।

समाजले भर्जिनियामा आयोजना गरेको भूकम्पपीडितहरुको उद्धार तथा राहतका लागि हालै नेपाल गएर फर्किएको नेपाली एवम् अमेरिकी स्वयमसेवक र चिकित्सकहरुको सम्मान कार्यक्रममा नयाँ नेतृत्वको घोषणा गरेको हो । दुई वर्षे कार्यकालका लागि चयन भएको नयाँ समितिको अध्यक्षमा पदम रेग्मी छन् ।

नयाँ समितिको उपाध्यक्षमा मुक्ति पौडेल र केदार तिम्सिना, सचिव राजन घिमिरे, सह-सचिव कमला खरेल र कोषाध्यक्षमा पिताम्वर भट्टराई चयन भएका छन् ।

१७ सदस्यीय नयाँ समितिमा विभिन्न समितिको गठन गरी त्यसका लागि संयोजक चयन गरिएको छ । सांस्कृतिक संयोजकमा सुनिता गौतम, शिक्षा संयोजकमा रोम ज्ञवाली, व्यवस्थापक संयोजकमा जगन्नाथ भट्टराइ, सह-व्यवस्थापक संयोजकमा यज्ञ चापगाई, मिडिया संयोजकमा उत्तम गौतम, समस्या समाधान संयोजकमा इन्द्र श्रेष्ठ, युवामा समन्वय संयोजकमा विजय ओझा, आर्थिक संकलन संयोजकमा हेलिकन सिटौला, खेलकूद संयोजकमा मोहन निरौला र सञ्चार संयोजकमा मदन बस्ताकोटी चयन भए । स्थानीय नेपालीहरुको पहलमा सन् २००८ मा गठन गरिएको समाजले हालै नेपालमा गएको भूकम्प लगत्तै आर्थिक सहयोग संकलन गरी समाजको नेतृत्वमा एक राहत टोली प्रभावित क्षेत्रमा आफैं पुगी राहत वितरण गरेको थियो । https://www.onlinekhabar.com/2015/06/289633

अमेरिका नेपाल सहयोगी समाजले राजदुताबासलाई ३२ लाखको चेक दियो

वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले भर्जिनियाको मनासस शहरमा नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरि कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको छ ।

र उक्त सम्मान तथा नया कार्यकारी समितिको चयन समेत घोषणा गरिएको कार्यक्रममा भुकम्प पिडितहरुका लागि उक्त संस्थाको पहलमा विभिन्न संघ /संस्था तथा व्यक्तिहरुद्वारा उठाइएको अर्थ संकलन ७२ हजार ७ सय ७६ डलर मध्ये बाकि रहेको ३२ हजार ५ सय ९९ डलर (करिब ३२ लाख ६ हजार रुपैया )वाशिंगटन डिसी दुताबासलाई चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक दुताबासका मिनिस्टर / उप नियोग प्रमुख ऋषि राम घिमिरेलाई संस्थाका अध्यक्ष सागर कंडेल तथा संस्थापक सदस्य मधु पन्थीले सयुक्त रुपमा मनासस क्षेत्रका लागि डेलिगेट बब मार्सलको उपस्थितिमा चेक प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा डा अनुप पहाडीले नेपालका भूकम्प पिडितहरुको लागि अतुलनीय काम गरि अमेरिका फर्केका संस्थाका स्वयम् सेवक तथा फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूहलाई प्रशंसा गरेका थिए ।

सम्मान कार्यक्रममा  अमेरिका नेपाल सहयोगी समाजका केहि पदाधिकारी ,एनआरएन अमेरिकाका केहि वर्तमान पदाधिकारी , फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूह तथा अन्य केहीलाई  सम्मान गरि प्रमाण पत्र वितरण गरिएको थियो ।

उक्त सम्मान कार्यक्रममा बिदेशी तथा भर्जिनियाका डेलीगेट तथा कांग्रेस म्यानलाई पनि नेपाली ढाका टोपी लगाई सम्मान गरिएको थियो भने नेपाल पुगी अमेरिका फर्केका फेयर फ्याक्स काउन्टी अर्वान सर्च एण्ड रेस्क्यु समूहका केहि सदस्यले नेपालमा २१ दिन सम्म बस्दाको अनुभव सुनाएका थिए ।

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले अमेरिका नेपाल सहयोगी समाजले भुकम्प पिडितहरुका लागि गरेको कामको प्रसंसा गर्दै नेपाल पुनर्निर्माण गर्नु पर्ने भएकोले सबै एक जुट हुन् आब्हान गरे ।

यसै गरि नेपाली दुताबासका  मिनिस्टर / उप नियोग प्रमुख ऋषि राम घिमिरेले चेक बुझ्दै नेपाल सरकार तथा दुताबासको तर्फ बाट संस्थालाई धन्यबाद दिएका थिए । उक्त समारोहमा अमेरिका तथा नेपालको कुटनैतिक सम्बन्ध १९४७ देखि भए देखि दुई देश बीच अझ प्रगाढ सम्बन्ध बन्दै गएको चर्चा गरेका थिए ।

डेलिगेट बब मार्सल तथा कांग्रेस म्यान रब विटम्यानले हामी तपाईहरुको साथ छौ र हाम्रो समर्थन रहने प्रतिबद्धता जाहेर गरेका थिए । सम्मान गर्ने क्रममा नेपाली समुदायका ९४ बर्षिय जेष्ठ नागरिक उदय राज वस्ताकोटीले दुवै लाई नेपाली ढाका टोपी लगाई सम्मान गरेका थिए ।

अध्यक्षता गरेका सागर कंडेलले नया समितिलाई शुभकामना दिदै संस्थाले खेलेको भूमिका बारे चर्चा गरेका थिए । आफु स्वयम् नेपाल गई भूकम्पको त्यो अवस्था आफुले देखेकोले त्यसको कल्पना समेत गर्न सकिदैन भने ।

नव निर्वाचित अध्यक्ष पदम राज रेग्मीले मन्तब्य राख्ने क्रममा नेपालको भूकम्पमा भूकम्प पिडित एक बृद्ध महिलाले उनलाई भनेको शब्दले अझ पनि कान गुन्जिन्छ भन्दै भावुक हुदै बोल्ती बन्द भएको थियो ।

उक्त कार्यक्रममा डिसी नेपाली समाजका उपाध्यक्ष दधि ढुंगानाले अमेरिका नेपाल सहयोगी समाज संग कसरी हातेमालो भै काम गरेको चर्चा गर्दै भबिश्यमा पनि साथमा साथ मिलेर काम गर्न तयार रहेको बताए । www.naridarpan.com/2015/06/blog-post_75.html

अमिरका नेपाल शिक्षा सदनको प्रथम बार्षिक उत्सव सम्पन्न

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत एक बर्ष देखि संचालनमा आएको अमेरिका नेपाल शिक्षा सदनको प्रथम बार्षिक उत्सव विविध कार्यक्रम साथ सम्पन्न भएको छ l  बिशेष अमेरिकामा जन्मेका तथा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपाल परिचय सम्बन्धी मुख्य लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाको औपचारिक रूपमा गत बर्ष फेब्रुअरी ६, २०१६  देखि संचालनमा आएको हो l

डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा स्थापित गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने जिम्मेवार लिएको हो l गत बर्ष सरस्वती पूजामा अमेरिका नेपाल शिक्षा सदनको नेपाली विद्यालय सञ्चालनमा आएको हो l  बिगत एक बर्ष पहिला देखि स्थापित यो प्रतिष्ठानले प्रत्येक हप्ता नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा संस्कृती,नैतिक शिक्षा तथा नेपाल परिचय सम्वन्धी कक्षा सन्चालन गर्दै आइरहेको छ l

आज भएको उक्त बार्षिक उत्सवको सभापतित्व पदम राज रेग्मीले गरेका थिए भने उदय राज वस्ताकोटी प्रमुख अतिथि रहेका थिए l कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गीत बाट त्यहि पाठशालामा पढ्ने बिद्यार्थीहरुले गाएका थिए l कार्यक्रममा खेम संग्रौलाले जहाँ छन् बुद्ध का आँखा भन्ने गीत प्रस्तुत गरेका थिए भने पाठशालाका बिद्यार्थीहरु अनुश्री अधिकारी ,आभानी गौतम ,कन्चन दाहाल ,चाहत तिम्शिना तथा शुनोभा पौडेलले कति माया लाग्छ नि भन्ने गीत सामुहिक रुपमा गएका थिए l यसै गरि हास्य व्यंग्य नृत्य सुमिना तथा सीश्रीक्षाको बेजोड प्रस्तुति रहेको थियो l

बार्षिक प्रतिवेदन रोम ज्ञवालीले प्रस्तुत गरेका थिए भने शिक्षकको तर्फ बाट भुपाल पौडेलले मन्तब्य राखेका थिए l यसै गरि आभानी गौतम, आश्विनी, काजल, सुनिता, सुमिना, सिश्रीक्षा, स्वीकार र श्रेयसि, सुप्रभा ढुंगाना, तनुजा, बिबेचना आदिले  नृत्य प्रस्तुत गरेका थिए l यसै गरि पाठशालाका बिद्यार्थी आदित अधिकारीले कविता वाचन समेत गरेका थिए l सम्पूर्ण अभिभावकको तर्फबाट आरती सिग्देल तथा संघ संस्थाको तर्फ बाट गैर आवासीय नेपाली संघ, भर्जिनिया शाखाका सभापति मुक्ति दवाडीले मन्तब्य राखेका थिए l

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले त्यहि बिद्यालय बाट नेपाली भाषा सिकेर आफैले आफ्नो परिचय तथा आमा बुवाको परिचय दिएका थिए l बार्षिक उत्सवमा आफ्नो प्रतिभा देखाउने र प्रस्तुति गर्ने पाठशालाका बिद्यार्थहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो l 

उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले अध्यापन गराई रहेका छन् भने नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षकहरु पनि रहेका छन् l बिद्यालयको लागि नेपालको सरकारी तथा निजी बिध्यालयका पाठ्यक्रमका पुस्तक तथा नेपालका युकेजी देखि ३ सम्म का पाठयक्रम अनुसार पढाई जारी रहेको छ l  उक्त कार्यक्रम डीसी नेपाली समाज ले १ हजार डलर ,सगुनले ३ सय डलर तथा अन्य नेपाली समुदायका सदस्यहरुले पाठशालाको लागि आर्थिक सहयोगको घोषणा गरेका थिए l https://www.khasokhas.com/9072

अमेरिका नेपाल सहयोगी समाज मानसद्वारा NECC लाई रकम हस्तान्तरण

अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर (Nepal Educational Cultural Centre) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भएको थियो। सो अवसरमा नेपाली कल्चरल सेन्टरको सहयोगार्थ उठेको रकम आज एक कार्यक्रम बिच समाज अध्यक्ष सागर कंडेलले NECC अध्यक्ष डा.महेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रममा जम्मा १३६८१.११ डलर उठेको र कार्यक्रम सन्चालन गर्न खर्च भएको रकम ६८०.३९ कटाइ १३०००.७२ डलर हिसावको जानकारी NECC लाई दिइएको थियो। मन्दिर निर्माण सहयोगार्थ – सहयोगदाताहरु निम्न प्रकार हुनुहुन्छ। 1. RAJEEV, SUNANDA, ROHAN AND RONAK MAINALI $3,000.00
2. HEMANTA,MAYA,RAKCHYA & ROHAN ADHIKARI $1,211.11
3. DILIP&SUNITA NEPAL $1051.00
4. BISHNU & NIRMALA SHRESTHA &1011.00
5. RAMESH+KABITA & BRABESH BASHNET $1,011.00
6. DR GUN AND JUDI SUBEDI $1,001.00
7. MADHU,MINA,KISHOR AND KAJAL PANTHI+SHIVA ACHARYA $502.00
8. BHIM AND GOPAL REGMI $501.00
9. SAGAR KANDEL $501.00
10. THAKUR PUDASAINI $501.00
11. KAMAL,MANJU,KIRTI AND MILAN BHATTARAI $365.00
12. RISHI RAM+PABITRA,RAM PD+TIRTHA KHANAL $201.00
13. GOPAL KRISHNA SHARSHWATI AND SUNIL KHAREL $200.00
14. DILLI KANDEL $151.00
15. GAGAN KUNWAR $151.00
16. RAMESH AND MANJU KARKI $151.00
17. TILAK AND KAMALA KHAREL $151.00
18. JAGANNATH SHARMA $111.00
19. ANANTA AND PRARTHANA TIWARI $101.00
20. DEVI AND DEVINDRA PARAJULI $101.00
21. INDRA AND UTTRA SHRESTHA $101.00
22. ISHWARI AND PUSHPA PAUDEL $101.00
23. MUKTA PAUDEL $101.00
24. PADAM+MAYA NIREAULA $101.00
25. PRAMOD AND BIMALA BHATTA $101.00
26. UTTAM AND URMILA ADHIKARI $101.00
27. ANUP BHADRA $100.00
28. SUDHIR RAJ AND MANJU GAUTAM $100.00
29. ANIL LAMICHANI $51.00
30. BABU RAM SHARMA $51.00
31. BRAJESH POKHAREL $51.00
32. GOPAL AND DURGA SHARMA $51.00
33. GURU BHAGABATI $51.00
34. HUM AND SUBHA ALE $51.00
35. KRISHNA AND BINA GALAL $51.00
36. MADHAV UPADHAYA $51.00
37. MUKESH MAYAK $51.00
38. NAVA RAJ+ SHRIYAKHATIWADA,SASHI KALA SHARMA $51.00
39. PADAM REGMI $51.00
40. MUKUNDA PRASAD ADHACARI $51.00
41. PITAMBAR AND LAXMI BHATTARAI $51.00
42. SHANKAR GYAWALI $51.00
43. TEK RAJ +MANJU GYAWALI $51.00
44. PRAKASH SUBADI $41.00
45. CHANDRA SHRESTHA $35.00
46. DIPENDRA ACHARYA $25.00

अमेरिका नेपाल सहयोगी समाज कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिरहरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गर्दछ। kamalagaan.blogspot.com/2009/05/blog-post_14.html?m=1